Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पुटिनसँग एर्दोगानको आग्रह – युक्रेनमा एकतर्फी युद्धविराम गर्नुस्

    पुटिनसँग एर्दोगानको आग्रह – युक्रेनमा एकतर्फी युद्धविराम गर्नुस्

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 741
    SHARES

    एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा आग्रह गरेका छन् ।

    राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको आह्वानलाई एकपक्षीय युद्धविराम र निष्पक्ष समाधानका लागि दृष्टिकोणद्वारा समर्थन गर्नुपर्ने बताएका हुन् ।



    एर्दोगानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बिहीबार टेलीफोन वार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।



    टर्कीका नेताले मस्को र कीभ दुवैसँगको आफ्नो राम्रो सम्बन्धलाई युद्ध अन्त्यका लागि मध्यस्थता गर्न प्रयोग गरेका छन् । एर्दोगानले पुटिन र जेलेन्स्कीलाई शान्तिका लागि शिखर सम्मेलन गर्न टर्की ल्याउने प्रयास पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार