Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • उपराष्ट्रपति बन्न प्रचण्ड र ओलीले गरेको प्रस्ताव रेखा शर्माद्धारा अस्वीकार

    उपराष्ट्रपति बन्न प्रचण्ड र ओलीले गरेको प्रस्ताव रेखा शर्माद्धारा अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 744
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले उपराष्ट्रपति बन्न आएको प्रस्ताव अस्वीकार गरेकी छन्।

    शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आएको प्रस्तावलाई अस्वीकार गरेकी हुन्।



    माओवादी केन्द्रको उच्च स्रोतका अनुसार शर्मालाई एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति बन्न आग्रह गरेका थिए।



    शर्मा उपराष्ट्रपति बने उनी निर्वाचित भएको दाङ क्षेत्र नं २ मा उपनिर्वाचन गर्नुपर्ने हुन्थ्यो। त्यस्तो अवस्थामा एमाले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाउने ओलीको योजना थियो।

    ओलीको योजनामा प्रचण्डसमेत सहमत भएका थिए। मंसिर ४ गते भएको निर्वाचनमा दाङ-२ मा शर्माले पोखरेललाई १ सय ९३ मतले हराएकी थिइन्।

    सांसद शर्मालाई राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको छ । उनी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार