Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ‘टाइम कार्ड’ लागू, गृहमन्त्री लामिछानेले गरे निरीक्षण

    काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ‘टाइम कार्ड’ लागू, गृहमन्त्री लामिछानेले गरे निरीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 984
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार वटा सेवामा टाइम कार्ड लागू गरेको छ।

    सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने समस्यालाई समाधानको लागि प्रशासन कार्यालयले बिहीबारदेखि टाइम कार्ड लागू गरेको हो। प्रशासनले सुरूआती चरणमा चार सेवामा टाइम कार्ड लागू गरेको छ ।



    संस्था नविकरण, नयाँ नागरिकता वितरण, नाबालिग परिचयपत्र र मुद्दाको पेशी र तारिख दिनेमा टाइम कार्ड लागू गरेको हो। यसरी लागू गरेसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि प्रशासन कार्यालयको निरीक्षण गरेका छन्।



    संस्था नविकरण र मुद्दाको पेशी तारेखको लागि आधा घण्टाको समय दिइएको छ। यस्तै नागरिकता प्रमाणपत्र र नाबालिग परिचयपत्रको लागि एक(एक घण्टाको समय दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार