Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गृहमन्त्री लामिछानेले भने – जनमतलाई कदर गर्ने गरी न्यूनतम साझा कार्यक्रममा ल्याउछौं

    गृहमन्त्री लामिछानेले भने – जनमतलाई कदर गर्ने गरी न्यूनतम साझा कार्यक्रममा ल्याउछौं

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 699
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री लामिछानेले न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुने बताएका हुन् ।



    उनले भने, ‘न नयाँ दल हामीले एक्लै सरकार चलाउन सक्यौं, न सम्मानीय प्रधानमन्त्रीको दलले एक्लै सरकार चलाउन सक्यो, न एमालेको बहुमत आयो ।’



    न्यूनतम साझा कार्यक्रममा के का लागि सरकारमा जोडिएका छौं भनेर जवाफ आउने उनले बताए ।

    गृहमन्त्री लामिछानले भने, ‘विचार सिद्धान्तभन्दा अलि पर गएर न्यूनतम साझा कार्यक्रममा त्यस्ता विषय राख्छौं, जसले नागरिकका प्रत्यक्ष सरोकारहरु सम्बोधन गर्छ ।’

    आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्ने, शिक्षा र स्वाथ्य विधेयकमा साझा धारणा बनाउने, सेवा प्रवाहमा टाइमकार्ड लगाउने जस्ता विषयलाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न चाहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार