काठमाडौं । इन्टरनेट सेवा प्रदायक महासंघले पोखरा आसपासका क्षेत्रमा इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले पोखरमा रहेको इन्टरनेट सेवाको मुख्य अपरेसन सेन्टरमा विद्युत कटौती गरेको भन्दै महासंघले चेतावनी दिएको हो ।
‘हामी सेवा प्रदायकहरूले जति प्रयास गर्दा पनि अपरेसन पुनः सुरू गर्न नसक्ने अवस्था आएको छ,’ आइस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरूमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ।’
प्राधिकरणले आफूखुसी रूपमा ७०० प्रतिशतसम्म भाडा बढाएको भन्दै यति बेला सेवा प्रदायक विरोधमा छन् । प्राधिकरणले भाडा बढाएपछि सरकारले उच्च स्तरीय समिति गठन गरी घटेको भाडदारमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भने पनि नमानेको आइस्पानको आरोप छ ।
यही विवादको कारण अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा प्राधिकरणले छानेरै विद्युत् काटेको सेवा प्रदायकहरूले बताएका छन् ।
Leave a Reply