काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइका लागि बिहीबार तोकिएको पेशी स्थगित भएको छ ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको निर्णय विरूद्धको निवेदनमा लामिछानेका पक्षबाट पेसी स्थगित गरिएको हो।
न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारी इजलासमा पेशी चढेको थियो। यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो।
यस अघि पनि सो निवेदनमा दुई पटक पेशी तोकिएको थियो । एकपटक लामिछानेकै कानून व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो । दोस्रो पटक भने इजलासको समय अभावका कारण सुनुवाई हुन सकेको थिएन ।
नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।
पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।
सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो ।
Leave a Reply