काठमाडौं । रुसले हाइपरसोनिक क्रुज क्षेप्यास्त्रसहितको पानी जहाज आन्द्र महासागर र भारतीय महासागरतर्फ पठाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक हजार किलोमिटर परसम्म मार हान्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रसहितको ‘एडमिरल गोर्शकोभ’ नामको पानीजहाज आन्द्र महासागर र भारतीय महासागरमा तैरिने गरी पठाएका हुन् ।
युक्रेन युद्ध झन् चर्किंदै जाँदा रुसले आफ्नो सैन्य क्षमता प्रदर्शन गर्नका लागि यस्तो कदम चालेको विश्लेषण गरिएको छ ।
पानी जहाजमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र प्रणाली जिरकोन रहेको जानकारी दिँदै पुटिनले मातृभूमिको सेवामा सफलताको कामना गरे ।
Leave a Reply