एजेन्सी । । रूसले मोबाइल फोन प्रयोग गरिरहेकाले नै नयाँ वर्षको क्षेप्यास्त्र प्रहारमा आफ्नो फौजका कम्तिमा ८९ जनाले ज्यान गुमाएको दाबी गरेको छ ।
रूसी अधिकारीहरुले प्रतिबन्धित मोबाइल फोनको प्रयोगकै कारण शत्रु अर्थात युक्रेनी फौजलाई आक्रमणको लक्ष्य पत्ता लगाउन सम्भव भएको दाबी गरेका हुन् ।
एकै ठाउँमा यति धेरै सैनिक मारिनुको कारणका रुपमा रसियन सरकारले लापरवाहीपूर्ण व्यवहार र मोबाइल फोनको प्रयोग भएको निष्कर्ष निकालेको छ ।
रूसले युक्रेनको हमलामा ठूलो संख्यामा सैनिक मारिएको स्वीकार्दै यस मामिलामा ‘लापरवाही गर्ने अधिकारी’लाई जवाफदेही बनाइने जनाएको छ।
Leave a Reply