काठमाडौं । संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । साविक विजेता एपिएफलाई ४–१ ले पराजित गर्दै संकटा फाइनलमा पुगेको हो ।
सङ्कटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले दुईरदुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए ।
दोस्रो सेमिफाइनलमा भोलि बिहीवार अमेरिकी टोली भुटनिज युथ स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
Leave a Reply