काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई पराजित गरेको छ ।
टियु मैदान किर्तिपुरमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरका लागि रोहित पौडेलले ४२ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । प्रदिप ऐरी ४० रनमा आउट हुँदा हुसेन तलतले १७ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहँदा गौरान्शु शर्माले ११ रन बनाए ।
विराटनगरका लागि साहब आलमले सर्वाधिक तीन तथा किओन जोसेफले दुई विकेट लिए।
फार वेस्टका लागि नुर अहमद,प्रकाश जैशी,करण केसी र हसमतुल्लाह साहिदीले समान १/१ विकेट लिए ।
फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए । करन केसीले अविजित २१ रन बनाउँदा उमर अलिले १६ रन बनाए ।
जितसँगै विराटगनर सुपर किङ्ग्सले आठ खेलबाट ६ अंक जोडेर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। पराजित फार वेस्ट सात खेलमा एक खेल मात्र जितेर तालिकाको पुछारमा छ।
Leave a Reply