काठमाडौं । काठमाडौमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।
टियु मैदान किर्तिपुरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए । करन केसीले अविजित २१ रन बनाउँदा उमर अलिले १६ रन बनाए ।
विराटनगरका साहब आलमले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । केओन जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । राज नन्नन, विवेक यादव र रोहित पौडेलले एक एक विकेट लिए ।
Leave a Reply