Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल टी–२० : काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायरमा

    नेपाल टी–२० : काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायरमा

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । लुम्बिनी अलस्टार्सलाई १ सय २ रनले नतिजा सुम्पिँदै काठमाडौं नाइट्सले जारी नेपाल टी–२० लिगमा लज्जास्पद हार बेहोरेको छ ।

    आठौं जितसँगै लुम्बिनी अल स्टार्स नेपाल टि२० लिगमा शीर्षस्थानमा रहँदै क्वालिफार खेल्ने पक्का भएको हो ।



    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित १७ ओभरमा लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा अलआउट हुँदै ८१ रनमा सीमित भयो ।



    काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरी रनमा १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन बनाए ।

    लुम्बिनीका लागि ह्यारी टेक्टर,कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

    लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धशतकीय ईनिङ खेले । उनले पहिलो विकेटका लागि लाहिरु मिलान्थासँग मिलेर ९८ रनको साझेदारी गरे ।

    मिलान्थाले २९ बलमा २६ रन बनाएर आउट हँदा गुलसन झाले ११ बलमा २१ रन बनाए । ह्यारी टेक्टर ८ बलमा १७ रनमा आउट हुँदा अनिल शाह १६ रनमा अविजित रहे । कुशल भुर्तेल १५ रन बनाए ।

    काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार