एजेन्सी । बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको छ ।
एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको दाबी गर्दै सशस्त्र नागरिकहरूलाई हत्याको दोष लगाएको हो ।
दाबीबारे सरकारले कुनै टिप्पणी गरेको छैन तर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ, जसका कारण झण्डै २० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।
सेनाले गत जनवरीमा बुर्किना फासोमा आक्रमणको अन्त्य गर्ने वाचा गर्दै सत्ता कब्जा गरेको थियो, तर हिंसा अझै चर्किरहेको छ ।
Leave a Reply