Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • नेपाल टी-२० लिग

    पारस खड्का भन्छन् – म्याच फिक्सिङको खबरले स्तब्ध बनायो, निष्पक्ष छानबिन गरियोस्

    पारस खड्का भन्छन् – म्याच फिक्सिङको खबरले स्तब्ध बनायो, निष्पक्ष छानबिन गरियोस्

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले नेपाल टी-२० लिगमा भएको फिक्सिङको निष्पक्ष छानविन गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै यस्तो माग गरेका हुन् ।

    ‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थियो’, उनले लेखका छन्, ‘यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी-२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ ।’



    उनले यो घटनाले खेलाडी तथा खेलप्रेमीहरुलाई चोट पुर्‍याएको भन्दै घटनाको छानबिन गरी कारबाही हुनुपर्ने माग गरेका छन् । नेपाल टी-२० लिग खेलिरहेका काठमाडौं नाइट्सका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको कप्तान ज्ञानेन्द्र मल्लले जानकारी दिएका थिए।



    मंगलबार विराटनगर सुपर किङ्ग्सविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कप्तान ज्ञानेन्द्रले एक खेलाडीलाई प्रस्ताव आएको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार