मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पाँच पालिकालाई पिछडिएको क्षेत्र घोषणा गरेको छ ।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ स्थानीय तहमध्ये मानव सूचकाङ्कका दृष्टिले सबैभन्दा पछाडि भएका पाँच पालिकालाई पिछडिएको क्षेत्र तोकिएको हो ।
पिछडिएको क्षेत्र तोकेका पालिकामा धादिङको रुवीभ्याली गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुलीको घ्याङखोला गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका र मकवानपुरको कैलाश गाउँपालिका रहेका छन् ।
प्रदेश निजामती सेवा अध्यादेश २०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ पदपूर्तिसम्बन्धी विशेष व्यवस्थाका लागि प्रदेश सरकारले प्रदेशका पाँच पालिकालाई पिछडिएको क्षेत्र तोकेको हो।
Leave a Reply