Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संसदमा कालापानीबाट सेना फिर्ता लैजान माग

    संसदमा कालापानीबाट सेना फिर्ता लैजान माग

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले तत्काल कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान भारतसँग माग गरे ।

    बिहीबार राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेता शर्माले यो नेपालीहरूको चाहना भएको समेत उनले बताएका छन् ।



    स्वयं केही भारतीय नेताहरूले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको बताइरहेका बेला भारत सरकारले नेपालको भूमिबाट भारतीय सेना फिर्ता लैजानुपर्नेमा शर्माको जोड छ।



    नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट्ने विषयमा देखिएको राष्ट्रिय एकताप्रति खुसी प्रकट गर्दै उनले यो राष्ट्रिय एकता निरन्तर कायम रहने विश्वास व्यक्त गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार