Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने – हामी हेरेर बस्दैनौँ, यातायात व्यवस्थामा सुधार हुन्छ

    भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने – हामी हेरेर बस्दैनौँ, यातायात व्यवस्थामा सुधार हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 966
    SHARES

    काठमाडौं । उप्रपधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै नै यातायात व्यवस्था सेवा सुधार कार्ययोजना ल्याउने बताएका छन् ।

    मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए ।



    उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं । हामी हेरेर बस्दैनौं, हेरेर बस्ने हो भने हाम्रो काम छैन ।’

    स्थलगत अवलोकन गरेर प्रत्यक्ष रुपमै समस्या जान्न अनुगमनमा आएको भन्दै उनले समयमा काम नहुने र कतिपय सन्दर्भमा असहज पीडा गरी सेवा प्राप्त हुने अवस्था अन्त्य गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार