Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • अर्थ मन्त्रालयलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्नू

    अर्थ मन्त्रालयलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन – विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 753
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यात्रुहरूले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

    उनले केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।



    साथै उनले विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउने निर्देशन दिएका छन् ।



    प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ ।

    रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

    केही दिन अघि प्रधानमन्त्रीको निर्देशन विपरीत विमानस्थलका कर्मचारीले विदेशबाट फर्कँदा ल्याएको एक अतिरिक्त मोबाइल कर्मचारीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो ।

    झापाका दुधलाल नेम्वाङले ल्याएको अतिरिक्त आइफोन एयरपोर्टस्थित भन्सारका भर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने बताएका थिए। उनले कर नतिरी मोबाइल नै त्यही छोडेर हिँडेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार