Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कमेन्टेटर सचिन भन्छन् – नेपाल टी–२० लिगमा फिक्सिङ छ

    कमेन्टेटर सचिन भन्छन् – नेपाल टी–२० लिगमा फिक्सिङ छ

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 954
    SHARES

    काठमाडौं । नेपाल टी – २० लिगमा कमेन्ट्री गर्दै आएका सचिन तिमल्सेनाले ‘फिक्सिङ र पारिश्रमिक नदिई आयोजक’ गायब भएको बताएका छन्।

    तिमल्सेनाले नेपाल क्रिकेट संघ क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी लिगमा फिक्सिङ भइरहेको दाबी गरेका हुन् ।



    सचिनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘जारी नेपाल टी -२० मा पनि खेलाडीको बिफ लगाएर टिमका म्यानेजरहरू फिक्सिङका लागि खेलाडीसँग कुरा गर्न वरिपरी घुमिरहेको देखेको छु।’



    सचिनले जारी लिगमा कप्तानी विदेशी नामै नसुनिएका खेलाडी दिइनु पनि शंकास्पद रहेको बताएका छन्। लिगका सुरुवाती दश दिन कमेन्ट्री गरेका उनले लिग छाडेको बताएका हुन्।

    जारी टी २० लिगमा ६ टिमको सहभागिता छ। लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार