Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिगमा विराटनगरलाई ९३ रनको लक्ष्य

    नेपाल टी–२० लिगमा विराटनगरलाई ९३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 549
    SHARES

    काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले काठमाडौं नाईट्सलाई रनको लक्ष्य दिएको छ ।

    खेलाडी र आयोजक बीचको विवादका कारण ढिला सुरु भएको खेल ९ ओभरमा छोट्याईएको थियो ।



    टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।



    काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्लेकले १३ रन बनाए ।

    विराटनगरका लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार