Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • फरार चौकीदार पक्राउ

    फरार चौकीदार पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    लमजुङ । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर–२ स्थित मस्र्याङ्दी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।

    उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको उनको भनाइ छ । परियार राइनास नगरपालिका–१० कोकेगाउँ घर भई विसं २०६९ पुस २२ गतेदेखि हालसम्म कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भोग्दै आएका छन् । लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजाय तोकेको थियो ।



    लमजुङको एक मात्र जिल्ला कारागारमा २५ जनाको क्षमता रहे पनि हाल ७३ कैदीबन्दी छन् । तीमध्ये ६६ पुरुष र सात महिला छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार