Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिगमा विवाद : खेलाडीले टस गर्न मानेनन्, खेल अनिश्चित

    नेपाल टी-२० लिगमा विवाद : खेलाडीले टस गर्न मानेनन्, खेल अनिश्चित

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 909
    SHARES

    काठमाडौं । नेपाल टी-२० लिगमा आज मंगलबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ ।

    त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । मंगलबार बिहान काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुँदैछ । दुवै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन् ।



    दुवै टोलीले प्लेइङ–११ मा नाम दर्ता समेत गराएका छैनन् । खेलाडीले खेल अघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो ।



    तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।

    नेपाल टी-२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन अहलुवालिया पैसा नदिइ भागेको हल्ला फैलिएको छ ।

    तर जतिनले आफू बैंक ट्रान्सफरको काम मिलाउनका लागि भारत आएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार