Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित हुँदै

    संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ । सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित हुने भएको छ । राष्ट्रिय सभाकोआज बस्ने बैठकबाट पारित भएपछि संविधान संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा जानेछ ।

    भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटेर सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो । भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि नेपालले उक्त कदम लिएको हो ।



    अद्यावधिक नक्साको आधारमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधनका लागि जेठ ९ गते सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो ।



    राष्ट्रिय सभाबाट त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिमार्जन हुनेछ र परिमार्जित निसान छाप प्रयोगमा आउनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार