Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • युक्रेनी सेनाको आक्रमणबाट ६३ रूसी सैनिक मारिए

    युक्रेनी सेनाको आक्रमणबाट ६३ रूसी सैनिक मारिए

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गरेको छ ।

    सो शिविरमा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।



    युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेैनिकको मृत्यु भएको जनाएको छ ।



    रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चार वटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको छ ।’

    रूसी रक्षा मन्त्रालयले भनेको छ, ‘मृतक सैनिकका आफन्त र प्रियजनलाई आवश्यक सबै सहयोग गराइनेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार