Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लकडाउन पुनः ब्युँताउने तयारी, झन कडा हुन सक्ने !

    लकडाउन पुनः ब्युँताउने तयारी, झन कडा हुन सक्ने !

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 9.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ ।  सरकारले लकडाउनलाई पुनः ब्युँताउने तयारी गरेको छ। सरकारी उच्च स्रोतका अनुसार असार मसान्तभित्र लकडाउन पुनः सुचारु गर्ने तयारी भएको हो ।

    असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले हिसाब मिलन गर्नका लागि लकडाउन खुकुलो बनाइएको हो । पर्याप्त राजश्व संकलन संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल पर्दै गएको छ ।



    अर्कोतर्फ वर्षभरि भएका कामको भुक्तानी दिने र त्यसबापतको कमिसन लिने बेला पनि यही समय भएको हुँदा लगाउनलाई खुकुलो बनाइएको हो । तर, संक्रमितको संख्या सात हजार नाघेको अवस्थामा पनि लकडाउन खुकुलो भएकोमा सरकारको आलोचना भइरहेको छ ।



    सरकारलाई राजश्व संकलन गर्न दबाब परिरहेकाले लकडाउन खुकुलो बनाइएको हो । असार मसान्तसम्म अर्थतन्त्रले एउटा मार्ग समात्ने भएकोले लकडाउन पुनः सुचारु गर्ने तयारीमा सरकार लागेको सरकारी उच्चस्रोतको भनाइ छ ।

    एकजनालाई संक्रमण हुँदा लकडाउन गरेको सरकारले अहिले सात हजार जना संक्रमित हुँदा खुकुलो बनाउन सरकार उल्टो बाटोमा लागेको भन्दै आलोचना सुरु भएको छ । अबको लकडाउन विगतको जस्तै गर्ने कि, अझै कडा गर्ने वा मोडालिटी परिवर्तन गर्ने भन्ने सन्दर्भमा छलफल चलिरहेको श्रोतको भनाइ छ। (नेपाल समाचारपत्र )

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार