Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • काेराेना नियन्त्रणका लागि चार मन्त्रीकाे बैठकले गर्‍याे यस्ताे निर्णय

    काेराेना नियन्त्रणका लागि चार मन्त्रीकाे बैठकले गर्‍याे यस्ताे निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं ।  चीनबाट सुरू भइ विश्वभरि फैलिरहेकाे नाेबेल काेराेना (काेभिड–१९) काे नियन्त्रणका लागि चार मन्त्रीकाे बसेकाे बैटकले विभिन्न निर्णय गरेकाे छ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले मास्कको उत्पादन र आपूर्ति बढाउने निर्णय गरेको हो । त्यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले उड्ययन क्षेत्रमा सावधानी अपनाउने निर्णय गरेको छ ।



    बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल उपस्थित थिए ।



    बैठकले विमानस्थलमा प्रिफ्याब निर्माण गर्ने विमान सेवा कम्पनीलाई यात्रुको सुरक्षा जाँचका विशेष ध्यान र सावधानी अपनाउन निर्देशन दिने निर्णय गरेको बताइएको छ ।

    कोरोनाको त्रास कम गर्न विश्व बैंकको सहायता लिने, सीमामा आवागमन कम गर्ने, थप स्वास्थ्य टोली खटाउने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्नेलगायत निर्णय गरेको समितिले जानकारी दिएको छ ।

    त्यस्तै निकासी नियन्त्रण गर्ने, सरकारसमेत मिलेर मास्क उत्पादन गर्ने, सीमा क्षेत्रमा दुईपक्षीय मिटिङ गर्ने निर्णय गरेको समितिले बताएको छ ।

    त्यस्तै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा अहिलेसम्म संक्रमित नभएको र आशंका गरिएकोमा नेगेटिभ रिर्पोट देखिएको जानकारी दिएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भारतले औषधि निर्यातमा रोक लगाएकोले त्यसलाई फुकाउन पहल गर्ने बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार