काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् ।
सोमबार गृह मन्त्रालयमा बसेको २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन् ।
लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाइ गर्न पनि स्थानीय निकायलाई आग्रह गरे ।
भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्याउन सकिने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभाहलको निर्माणमा ध्यान दिन पनि सचेत गराए ।
उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।
Leave a Reply