काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतार पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका १० घर भई किर्तिपुर नगरपालिका १६ बस्ने ३२ वर्षिय हेमसागर भण्डारी रहेका छन् ।
पक्राउ परेको भण्डारीले समिर तामाङलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि कतार पठाई दिने भन्दै एक लाख ७२ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
भण्डारी ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो । पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आचार्यलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आचार्यलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।
Leave a Reply