Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 744
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्।

    पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन्।



    प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।



    यसरी प्रधानमन्त्री बनेका व्यक्तिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्न लागेको छ।

    संसद सुरू भएको अर्को दिन नै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार