Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी – २० लिग : पोखरा एभेन्जर्सको लगातार तेस्रो जित

    नेपाल टी – २० लिग : पोखरा एभेन्जर्सको लगातार तेस्रो जित

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 537
    SHARES

    काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल टी – २० लिगमा सोमबार काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरेको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले चार विकेटको क्षतिमा एक सय ६४ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले १९.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।



    पोखराका लागि ओपनर सुमित महर्जनले ५२ बलमा सात चौका र तीन छक्कासहित ७६ रनको शानदार इनिङ खेले। सुमित र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि एक सय १२ रनको साझेदारी गरेका थिए।



    उपुल ४९ बलमा पाँच चौका र एक छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्के। काठमाडौंका लागि कमल ऐरीले तीन तथा अनिल खरेल र अविनाश बोहराले एक–एक विकेट लिए।

    पहिलो इनिङमा काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा तीन चौका र सात छक्कासहित ६४ रनको इनिङ खेलेका थिए। यस्तै, सुनम गौतमले ४५ तथा विरनदीप सिंहले ३२ रन जोडेका थिए।

    पोखराका तुल थापाले दुई तथा प्रतिश जिसी र कुशल मल्लले एक–एक विकेट लिएका थिए। आज काठमाडौंलाई हराएसँगै पोखराले पछिल्ला तीन खेलमा लगातार जित हासिल गरेको छ। पोखराले आठ खेलबाट ६ अंक जोडेको छ। काठमाडौंको पनि ६ खेलबाट आठ अंक नै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार