काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्ने भएका छन् ।
आज बिहान १० बजे सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका छन् ।
छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Leave a Reply