Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • निर्माण थालिएको साढे ५ वर्षपछि सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    निर्माण थालिएको साढे ५ वर्षपछि सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 612
    SHARES

    पोखरा । निर्माण सुरु गरिएको साढे ५ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

    आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।



    विमानस्थल आजदेखि सञ्चालनमा आएपनि फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा चल्ने बताइएको छ ।



    यो विमानस्थल २०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । चिनियाँ ऋण उपलब्ध यस आयोजना निर्माणमा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ ।

    विमानस्थलमा २ हजार ५०० मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग छ ।

    यस्तै, आजदेखि पोखरा विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार