Online Nepal
  • बुधबार, २ माघ २०८१
  • मोदी र ट्रम्पलाई साक्षी राखेर चिनियाँ राष्ट्रपतिविरुद्ध दायर गरिएको मुद्दाको सुनवाई के हाेला आज ?

    मोदी र ट्रम्पलाई साक्षी राखेर चिनियाँ राष्ट्रपतिविरुद्ध दायर गरिएको मुद्दाको सुनवाई के हाेला आज ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । चीनका राष्ट्रपति सी जिन पिङविरुद्ध कोरोना भाइरस (कोभिड–१९) फैलाएको आरोपमा भारतको एक अदालतमा दर्ता भएको मुद्दाको सुनुवाई आज हुँदैछ ।

    चीनबाट फैलिएको कोरोना भाइरसका कारण पछिल्लो दिनमा संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको भारत बिहारका कानून व्यवसायी सुधीर कुमार ओझ जुन ९ मा मुद्दा दर्ता गरेका थिए ।



    उनले बिहारको बेतियास्थित सिजेएम अदालतमा चीनका राष्ट्रपति सि जिन पिङ र विश्व स्वास्थ्य संगठनका प्रमुखलगायत अन्य केही व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

    उक्त मुद्दामा उनीहरुविरुद्ध सबै मिलेर पूरा विश्वमा कोरोना जस्तो विश्वव्यापी महामारी फैलाएको आरोप लगाइएको छ ।

    मुराद अलीले साक्षीका रुपमा विद्युतीय सञ्चारमाध्यममा प्रकाशित समाचार र अन्य कैयौं कागजातहरुलाई आधार बनाएका छन् ।

    उनले मुद्दा दर्ता गर्दा साक्षीका रुपमा भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम दिएका छन् ।

    यस मुद्दामा अभियुक्तहरुलाई आईपीसीको धारा २६९, २७०, २७१, ३०२, ३०७, ५०४ र १२० बी लाई आधार बनाइएको छ । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार