Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई नागरिक उन्मुक्तिले भन्यो – रेशमको रिहाइ नभएसम्म प्रदेशमा समर्थन गर्दैनौं

    प्रधानमन्त्री प्रचण्डलाई नागरिक उन्मुक्तिले भन्यो – रेशमको रिहाइ नभएसम्म प्रदेशमा समर्थन गर्दैनौं

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्मरण पत्र बुझाएको छ ।

    नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितलगायत नेताहरूले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्मरणपत्रसहितको ज्ञापन बुझाएका हुन्।



    सरकारलाई समर्थन गर्नुअघि गरेको वाचा पूरा गर्न भन्दै नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई धन्यानार्कष गराएको छ। आफ्ना मागहरू पूरा नभएसम्म प्रदेश सरकारमा निर्माणमा कसैलाई समर्थन नगर्ने ज्ञापनमा उल्लेख छ।



    जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टीले वर्तमान गठबन्धन सरकारलाई सहयोग र समर्थन गरेकव विषय जगजाहेर छ। तर प्रदेशको सरकार गठनको सम्बन्धमा हाम्रो पार्टीको धारणा पृथक छ।

    हाम्रा माग पूरा नभएसम्म प्रदेश सरकारमा सहभागी पनि नहुने र कुनै गठबन्धनलाई सहयोग र मसर्थन पनि नगर्ने स्मरण गराउन चाहन्छौं।’

    नागरिक उन्मुक्तिले पाँच बुँदे माग अघि सारेको छ। जसमा रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीको रिहाइ, टीकापुर घटनामा ५८ जनाविरुद्ध लगाइएको मुद्दा खारेजी,

    लाल आयोग र देवी शर्मा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थारू आरक्षणसम्बन्धी व्यवस्था र सरकारले हालै जारी गरेको फौजदारी कानुनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि प्रधानमन्त्रीसमक्ष स्मरण गराइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार