Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिगमा पाँच हारपछि पोखराको पहिलो जित

    नेपाल टी–२० लिगमा पाँच हारपछि पोखराको पहिलो जित

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 642
    SHARES

    काठमाडौं । आक्रामक ब्याटिङसँगै पोखरा एभेन्जर्सले नेपाल टि २० लिगमा पहिलो जित हात पारेको छ ।

    लगातार पाँच खेलमा पराजित भएको पोखराले फार वेस्ट युनाइटेडमाथि तीन विकेटको कीर्तिमानी जित हात पार्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।



    टियु मैदानमा १ सय ८० रनको लक्ष्य पोखराले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।



    पोखरालाई पहिलो जित दिलाउने क्रममा आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रन बनाए ।

    फार वेस्टका लागि उमेर अलि,करण केसी र प्रकाह जैशीले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

    फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ रन बनाए ।

    छैटौं खेल खेलेर पहिलो जित हासिल गरेको पोखरा ६ खेलमा २ अंक अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

    पाँच खेल खेलेर १ जित हात पारेको फार वेस्ट २ अंक सहित अंक तालिकाको पुछारमा झरेको छ ।

    नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सञ्चालन भएको नेपाल टी २० लिगमा ६ टिमको सहभागिता रहेको छ।

    लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार