Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

    ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)मार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो ।

    अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रूपैयाँ बृद्धि गरी ७ हजार ८०० पुर्‍याइएको छ।



    अबदेखि सीसीभीआई फाराम भर्ने व्यक्तिहरूले भिसा शुल्क वापत ७ हजार ८०० रूपैँया बुझाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।



    यसअघि नै सीसीभीआई फारम बुझाई सकेका तथा भिसा जारी हुन नसकेका व्यक्तिहरूले समेत थप शुल्क बुझाउनुपर्नेछ ।

    यसअघि सीसीभीआई फारम बुझाई सकेका व्यक्तिहरूले समेत भिसा जारी हुनका लागि नेपालस्थित कोरियन राजदूतावासमा सन् २०२३ जनवरी १ पछि मात्रै जाने भएकाले थप ६०० रूपैयाँ बुझाउन कार्यालयले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार