Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • घुससहित समातिएका ६ कर्मचारीलाई १५ दिन थुनामा राख्न अनुमति

    घुससहित समातिएका ६ कर्मचारीलाई १५ दिन थुनामा राख्न अनुमति

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । विशेष अदालतले घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    घुससहित पक्राउ परेका मालपोत अधिकृत कँडेल, नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई थुनामा राखेर अनुसन्धान गर्न  अदालतले अनुमति दिएको हाे।



    मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको थियो। आयोगले बुधबार ६ जनालाई नै अनुसन्धानका लागि म्याद थपका लागि पेस गरेको थियो।



    आयोगले आठ लाख ५० हजार रुपैयाँ घुससहित उनीहरूलाई पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार