Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पोखरालाई फार वेस्टले दियो १८८ रनको विशाल लक्ष्य

    पोखरालाई फार वेस्टले दियो १८८ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 570
    SHARES

    काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ८८ रनको लक्ष्य दिएको छ ।

    टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो ।



    फार वेस्टका लागि उमर अलिले ४२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ रन बनाए ।



    पोखराका लागि जाहिर खानले ३ तथा तुल बहादुर थापा र अमिर हम्जाले समान २/२ विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान १/१ विकेट लिए ।

    पाँच खेल खेलेर अंक विहीन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा ५ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

    चार खेल खेलेर १ जित हात पारेको फार वेस्ट पाँचौ खेलमा दोस्रो जितको खोजीमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार