Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रचण्डलाई भेटेर बालुवाटारबाट निस्किए ओली, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

    प्रचण्डलाई भेटेर बालुवाटारबाट निस्किए ओली, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 732
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।अध्यक्ष ओली शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारबाट एमाले अध्यक्ष ओली निस्किएका छन्। अढाई घण्टा कुराकानी गरेर एमाले अध्यक्ष ओली बालुवाटारबाट निस्किएका हुन् ।



    ओली र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ ।



    सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ ।

    बिहीबारमात्र गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि

    उच्चस्तरीय संयन्त्र र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयारीको म्याण्डेट दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार