Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अंगीकृत नागरिकता विवाद : एकाएक किन पछि हट्याे कांग्रेस

    अंगीकृत नागरिकता विवाद : एकाएक किन पछि हट्याे कांग्रेस

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेस गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पुरानै अडानमा फर्किएको छ ।

    समितिमा मंगलबार कांग्रेसको तर्फबाट ७ वर्षपछि नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको छ ।



    कांग्रेसले नागरिकताको सम्बन्धमा नागरिकता ऐन २०६३ को प्रावधानमाथिको अडान कायम राख्न निर्देशन दिएको छ ।



    बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताबीच भएको छलफलले राज्य व्यवस्था समिति सदस्यहरुलाई नागरिकता ऐन २०६३ को प्रावधानमा अडान राख्न जोड दिएको हो ।

    बैठकमा सहभागी सांसद डिला संग्रौलाले संविधानमा भएको व्यवस्थाकै निरन्तरताको पक्षमा काँग्रेस उभिएको बताइन् ।

    संविधानमा बिहे गरी आएपछि जन्मेको देशको नागरिकता छोडेको हुनुपर्ने व्यवस्था भएकाले समयावधि राख्न आवश्यक नहुने काँग्रेसले निष्कर्ष निकालेको हो ।

    कांग्रे सहमहामन्त्री डा. प्रकाशशरण महतले भने–‘संविधानमा नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने भनिएको छ, यति वर्ष भनेर शर्त राखिएको छैन, त्यसैले त्यही अनुसार ऐन बनाउनुपर्छ भनिएको हो ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार