Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • १५ वर्षअघि ‘ग्याङफाइट’का क्रममा हत्या गरेर फरार अभियुक्त पक्राउ

    १५ वर्षअघि ‘ग्याङफाइट’का क्रममा हत्या गरेर फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । बानेश्वरको ‘के एण्ड के’ कलेजमा भएको ‘ग्याङफाइट’का एक अभियुक्तलाई १५ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भएका पुष्पराज लिम्बु रहेका छन् ।

    १४ मंसिर २०६४ मा कलेजका विद्यार्थीहरुबीच आँखा तरेको विषयलाई लिएर दुई समूहबीच झगडा हुँदा नगेन्द्र लिम्बुको हत्या भएको थियो ।



    धारिलो हतियार प्रहारबाट उनको हत्या भएको थियो भने रिजन राई गम्भीर घाइते भएका थिए । सो घटना पश्चात संलग्नहरु फरार रहेका थिए । तीमध्येका एक जनालाई बिहीबार पक्राउ गरी प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार