Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अमेरिका पुर्‍याएर ग्रिनकार्ड दिलाउने भन्दै डेढ करोड ठगी, लैनचौरबाट एक जना पक्राउ

    अमेरिका पुर्‍याएर ग्रिनकार्ड दिलाउने भन्दै डेढ करोड ठगी, लैनचौरबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 852
    SHARES

    काठमाडौं । प्रहरीले वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया र अमेरिकालगायतका देशहरू पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१ कुपण्डोल घर भई हाल बुढानिलकण्ठ नगरपालिका ८ ओमनगर बस्ने ४४ वर्षिय राजेश थापारहेका छन् ।



    पक्राउ परेका थापाले वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरू पठाई दिने भन्दै १ करोड ६२ लाख ६ हजार ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    थापाले मासिक ३ लाख तलव हुनु को साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडी समेत बनाईदिने भन्दै प्रति व्यक्ति २५ लाख रुपैयाँ मागेका थिए ।

    थापाले रकम लिई भनेको समयभित्र नपई फरार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले थापालाई आज लैनचौरबाट पक्राउ गरेको हो ।

    थापामाथि मुलुकी अपराध संहिता २०७४ बमोजिमको कानुनी कारवाही गरी सोही सहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार