काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्री निवासमा सरेका छन् ।
उनी बिहीवार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा बिहीवार सरेका हुन् ।
रवि गएको सोमवार गृहमन्त्री पदमा नियुक्त भई शपथ ग्रहण गरेका थिए ।
उनी हिन्दू धार्मिक परम्पराअनुसार वास्तु पूजा गराएर मन्त्री निवास प्रवेश गरेको सचिवालयले जनाएको छ ।
उनी पत्नी निकिता पौडेलसहित मन्त्री निवासमा सरेका छन् ।
Leave a Reply