Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सीमा निरीक्षण गर्न प्रधानसेनापति र सशस्त्रका आईजीपी दार्चुला प्रस्थान

    सीमा निरीक्षण गर्न प्रधानसेनापति र सशस्त्रका आईजीपी दार्चुला प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 4.4K
    SHARES

    काठमाडौं। कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्रका आईजीपी शैलेन्द्र खनाल त्यसतर्फ प्रस्थान गरेका छन् ।

    सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएकोमा दुबै ठाउँको निरिक्षणका लागि उनीहरु कालापानी गएका हुन  ।



    दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।



    प्रधानसेनापति  थापा र सशस्त्रका आईजीपी खनाल काठमाडौंबाट धनगढीसम्म चार्टर विमान र धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको छाङरु प्रस्थान गरेका हुन् ।

    भारतले  अतिक्रमण गरेको क्षेत्रसहित दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा समेत सेनाको टोली खटाउनेबारे छलफल भइरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार