काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्याको आधारमा ब्राजिल विश्वकै दोस्रो नम्बरमा रहेको छ ।
हालसम्म ब्राजिलमा ९ लाख २८ हजार ८३४ जना संक्रमित भएका छन् भने ४५ हजार ४५६ जनाले ज्यान गुमाइसकेका छन् ।
पहिलो स्थानमा रहेको अमेरिकामा २२ लाख ८ हजार ४ सयमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख १९ हजार १३२ जनाले ज्यन गुमाइसकेका छन् ।
ब्राजिलमा कोरोना संक्रमितको संख्याका आधारमा नयाँ रेकर्ड कायम भएको छ । ब्राजिलमा एकै दिन (मंगलबार) ३७ हजार २७८ जना मानिसमा संक्रमण देखिएको छ भने हिजो मात्रै १ हजार ३३८ जनाको ज्यान गएको छ ।
Leave a Reply