Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारी वर्षासँगै बाढी पहिरोको खतरा

    भारी वर्षासँगै बाढी पहिरोको खतरा

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । मनसुन सक्रिय भएसँगै देशकरका विभिन्न भू-भागमा केही दिनयता वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ ।

    महाशाखाले तीन दिनको पूर्वानुमानसहित जारी गरेको बुलेटिनमा प्रदेश १, २ र बागमती प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीमा पानी वहाव बढ्ने र पहिरो जाने पनि जोखिम रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।



    महाशाखाका अनुसार अहिले नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावले देशभर नै सामान्य बदलीको अवस्था छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का केही स्थानहरूमा सामान्य वदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने र सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।



    दिउँसोसम्म सडक यातायात नै प्रभावित हुने गरीको भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार