Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • नेकपा विभाजन भएपछि पहिलो पटक ओली खुमलटारमा (फोटोफिचर)

    नेकपा विभाजन भएपछि पहिलो पटक ओली खुमलटारमा (फोटोफिचर)

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 786
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

    मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रचण्डसँग छलफल गर्न ओली खुमलटार पुगेका हुन् ।





    पछिल्लो पटक दाहालसहित असन्तुष्ट रहेका नेताहरूले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै २०७७ पुस ४ गते अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।

    उनिहरुबीच अहिले कुराकानी भैरहेको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । ध्यक्ष ओली प्रचण्ड निवास जम्मा दुई पटक मात्रै पाइला टेकेका छन् ।

    प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालीन नेकपा विभाजन हुनुअघि खुमलटार पुगेका थिए । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

    यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार