Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • दुई वर्षपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

    दुई वर्षपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 783
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

    मन्त्रिपरिषद् विस्तार, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयमा छलफल गर्न अध्यक्ष ओली खुमलटार पुगेका हुन् । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ ।



    ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।



    यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

    ओली प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने स्रोतले जनाएको छ । तत्कालीन नेकपा खेमालाई समेत जोड्ने गरी प्रचण्डले प्रयास थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार