Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रचण्डले माधवलाई भने – ओलीसँगको छलफलमा जाऔं नभन्नु गल्ती भयो

    प्रचण्डले माधवलाई भने – ओलीसँगको छलफलमा जाऔं नभन्नु गल्ती भयो

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अध्यक्ष नेपालसँग भेट गर्दै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्।



    भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती भएको बताएका छन्।



    भेटमा अध्यक्ष नेपालले बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गरेका थिए।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन अस्वीकार गरेपछि नयाँ विकल्पका लागि एमाले अध्यक्ष ओलीसँग दुई जनाले सँगै छलफल गर्नुपर्ने प्रस्ताव प्रचण्ड आफैँले नेपाललाई गरेका थिए।

    आइतबार बालुवाटारबाट बाहिरिने क्रममा प्रचण्डले जाऔँसम्म नभनेपछि अध्यक्ष नेपालले प्रचण्डले ुखोलो तर्‍यो लौरो बिर्सियोझैँ गरेकोु टिप्पणी गरेका थिए।

    ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा प्रचण्डले सरकारलाई समर्थनबारे प्रस्ताव राखेको स्रोतले जनाएको छ । अध्यक्ष नेपालले सरकारलाई हेर्ने नजर नकरात्मक नभएको बताएपछि समर्थनका लागि ढिलाइ नगर्न प्रचण्डले आग्रह गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार