Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुने

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुने

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 735
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारमा सहभागिताबारे छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो । महामन्त्री भुवन पाठकका अनुसार सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे बैठकमा छलफल हुनेछ ।

    राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ । यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी कुनै हालतमा सरकारमा जान नहुने बताएका छन् ।



    तर उनले सरकारलाई दिएको समर्थनको निरन्तरताका लागि राप्रपाले कम्तिमा पनि तीन वटा सर्त राख्नुपर्ने बताए । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस वा नेपाल दिवस घोषणा गर्न माग गरेको उनले संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधान सभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको जनमतको यथार्थ विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् ।



    तेस्रो सर्तमा उनले उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । यी तीन सर्त पूरा नभए सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन नसकिने उनले स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार